Ven. Phupu Chhembe Sherpa (Khenpo Geshe Thupten Jikdol)

Chairperson

Message from Chairperson

बुद्धका शान्ति सन्देशहरु विश्व परिवेशमै विज्ञानसम्मत र जीवनोपयोगी रहेको सन्र्दभमा ब्यवहारत लागु गर्न सकिएमा विश्वमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम हुनसक्ने कुरामा कुनै दुइमत छैन । 

बौद्ध धार्मिक महत्व बोकेका नेपालका बौद्ध तीर्थस्थलहरुले बौद्ध धर्म, दर्शनको संरक्षण, प्रर्वद्धन गर्नुका साथै धार्मिक पर्यटन अभिबृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यी सबै गुम्बा, विहार, बहाल, बहिललाई ब्यवस्थित ढंगले अभिलेखबद्ध गर्दे बौद्ध दर्शनका सवै आयामहरुको समुचित संरक्षण र विकासमा समिति सदैव क्रियाशील अङ्गका रुपमा स्थापित छ । बुद्धका शान्ति सन्देशहरु विश्व परिवेशमै विज्ञानसम्मत र जीवनोपयोगी रहेको सन्र्दभमा ब्यवहारत लागु गर्न सकिएमा विश्वमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम हुनसक्ने कुरामा कुनै दुइमत छैन । यसर्थ बौद्ध धर्म दर्शनको मूल मर्मलाइ ग्रहण गर्दै बौद्ध धार्मिक, दार्शनिक र सांस्कृतिक पक्षहरुको व्यवहारिक कार्यान्वयनमा जोड दिई देश बिकासको बाटोमा थप टेवा पुरयाउने कार्यमा समिति सदैव अग्रसर रहेको छ । बौद्ध दर्शनलाई जन जन समक्ष पुरयाई सभ्य र समुन्नत नेपाल निर्माण अभियानको जग थप मजबुत बनाउन सवै पक्ष एउटै समानान्तर रेखाबाट अघि बढ्नुपर्ने आजको आवश्यकता हो । जसका लागि राष्ट्रिय सम्पदाको रुपमा रहेका बौद्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक धरोहरहरुको संरक्षण, बिकास र जगेर्ना गर्नु हामी सबैको दायित्व हो । अन्त्यमा, बौद्ध दर्शनभित्र समाहित समस्त प्राणी जगतको हितार्थ “बहुजन हिताय बहुजन सुखाय” को भाव अंगीकार गर्दै मुलुकमा शान्ति, अमनचयन कायम गर्ने यस समितिको अभियानमा सवै सरोकारवालाहरुमा एक अभियन्ताको रुपमा हातेमालो गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) अध्यक्ष