२ दिने गुम्बा व्यवस्थापन तालिम सम्पन्न

2023-09-12 15:10:51

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा देशैभरका गुम्बाका लामा गुरु‚ गुम्बा व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई गुम्बा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेकाे छ ।

गुम्बा व्यवस्थापन तालिमको उद्घाटन सत्रमा समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले गुम्बा व्यवस्थापनलाई चुस्त दुरुस्त गराउनका लागि यो तालिम सहयोगी बन्न सक्ने बताउनुभयाे । उहाँले आआफ्ना गुम्बाका आन्तरिक व्यवस्थापन चुस्त बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे। बौद्धमार्गीहरुको ज्ञानलाई जनमानसमा पुर्‍याउन सकियो भने त्यो व्यवहारिक हुनेछ । जसको लागि गुम्बाकाे ध्यान साधनालाई जनमानसमा फैलाउनुपर्छ भन्ने भनाइ उहाँकाे रहेकाे थियाे ।

कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले गर्नुभएकाे थियाे। उहाँले यस समितिले भनेजस्तो कार्य गर्न खोजे पनि स्रोत साधन काे सिमितता का कारण सोचेजस्तो काम गर्न नसकेको बताउनुभयाे । ‘गुम्बा व्यवस्थापन पक्षलाई चुस्त बनाउन गुम्बा दर्ता प्रक्रियाहरू अन्यौलतामा रहेको छ‚’ ‘यो एकद्वार प्रणालीमा लैजानुपर्छ । त्यसो हुँदा सबैलाई सहज हुनेछ भन्ने भनाइ राख्नु भएकाे  थियाे ।

कार्यक्रमकाे प्रशिक्षकहरूमा नेपाल बाैद्ध महास‌‌‌‌‌‍‍‍‍घ काे कार्यलय प्रमुख आचार्य सार्की शेर्पा, समितिका कानुनी सल्लाहकार सञ्जीव कुमार लामा, योजना अधिकृत सज्नु योङ्गया र लेखा अधिकृत विनीता भण्डारी रहेका थिए।