२ दिने "गुम्बा व्यवस्थापन तालिम"

2023-03-08 08:21:11

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति द्दारा आयोजित २ दिने "गुम्बा व्यवस्थापन तालिम" राजधानी को स्वयम्भु मा आज बाट शुरु भएको छ।  कार्यक्रम को उद्घाटन गर्नुहुदै समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्ड्रोल) ज्युले यस पटकको गुम्बा व्यवस्थापन सम्बन्धि तालिम बिशेष गरि काठमाण्डौ जिल्ला भित्र रहेका गुम्बा हरुलाई लक्षित गरि संचालन गरिएको बताउनुभयो। अहिलेको यो समयमा बौद्ध गुरु हरु गुम्बामा ध्यान गर्ने मात्र नभई राज्य को नीति, नियम तथा कानुन सम्बन्धि बिषयमा पनि जानकार हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो।  


कार्यक्रम मा बोल्दै समिति का कार्यकारी निर्देशक होम बहादुर दोङ्ग ज्यु ले गुम्बाहरुको व्यवस्थापन मा रहेका जिम्मेवार व्यक्तिहरुलाई  गुम्बाहरुको दर्ता/नवीकरण तथा व्यवस्थापन सम्बन्धि उचित जानकारी नहुँदा समितिमा दर्ता तथा नविकरण हुने गुम्बाहरुमा बिबिध समस्याहरु आउने गरेको बताउनु भयो।
कार्यक्रम मा विभिन्न बौद्ध सम्प्रदाय अन्तर्गत का गुम्बाहरुबाट प्रतिनिधिमुलक सहभागिता रहेको छ।