परिचय

2023-03-08 09:39:42

नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि हाल नेपाल सरकारले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा यस समितिलाई स्थापित गरेको छ ।  मूलतस्  समितिद्वारा प्रारम्भ देखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुज्यूहरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा बिकास गर्नुका साथ साथै पुराना ऐतिहासिक, पुरातात्विक महत्वका गुम्बाहरुको संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखिएको थियो ।  त्यसपछि २०४१ र २०४५ सालमा नयाँ गठन आदेश जारी भई यो समिति क्रमश गुम्बा तथा लामा ब्यबस्था समिति र गुम्बा ब्यवस्था तथा बिकास समितिको रुपमा सोही जिम्मेवारीलाई बहन गर्दै स्थापित भएको थियो । समय परिस्थितिको परिवर्तन संगसंगै समय सापेक्ष रुपमा अझ व्यवस्थित र प्रभावकारी ढंगले उपरोक्त कार्य गर्नको लागि यो समिति २०६६ सालमा नयाँ गठन आदेश, २०६६ पारित भई बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा बिकास समितिको रुपमा  संचालित रहेको छ । हालै (२०७१ साल) नेपाल सरकार, संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय(माननीय उप–प्रधानमन्त्री स्तर) बाट यस समितिको"बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा संचालन नियमावली २०७१"स्वीकृत भई लागु भएको छ । साथै समितिले पञ्च वर्षिय रणनीतिक योजना–२०७१ समेत तयार गरी सोही अनुसार कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

विशेष गरी बौद्ध दर्शनको संरक्षण, विकास गर्न र बौद्ध धर्म संस्कृतिको संबद्र्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारहरुको संरक्षण सम्वद्र्धन तथा भगवान् बुद्धको शान्तिका सन्देशलाई मानवहितको  लागि उपयोग गर्न पनि समिति लागिपरेको छ । भौतिक रुपले जीर्ण गुम्बाहरुको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गर्ने यस समितिको मुख्य उद्देश्य अनुरुप समितिको स्थापनाकालदेखि नै सो कार्य हुँदै आएको छ र भविष्यमा पनि गरिदै जानेछ । बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बाहरु, बिहारहरु तथा लामा, भिक्षु, भिक्षुणीहरुलाई आत्म निर्भर बनाउनको लागि बिभिन्न प्रकारका सीपमुलक तालिमहरु पनि यस समितिले  सञ्चालन गर्दै आइरहेको छ ।