१५ दिने "सोवा रिग्पा" (आम्ची) (Science of Healing ) तालिम

2023-07-27 04:44:30

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति द्दारा आयोजित १५ दिने "सोवा रिग्पा" (आम्ची) (Science of Healing ) तालिम नुवाकोट को ककनी मा शुरु भएको छ। कार्यक्रम को उद्घाटन गर्नुहुदै समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्ड्रोल) ज्युले सोवा रिक्ग्पा उपचार पद्दति बुद्दकालिन समय देखि नै शुरु भएको र यो पुर्ण रुपमा प्राकृतिक उपचार पद्दति भएको ले अन्य पद्दति को तुलनामा यो पद्दति ले गर्ने असर ज्यादै न्युन रहेको बताउनु भयो। कार्यक्रम मा आफ्नो भनाइ राख्दै समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ्ग ज्यु ले यो १५ दिने आम्ची तालिम मा प्रशिक्षार्थीहरुले आफुले सिकेका कुरा हरुलाई गाउँ समाजमा सेवाको रुपमा संचालन गर्न सके यो पद्दति को निरन्तरता मा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रम मा बोल्दै १५ दिने आम्ची तालिमका प्रशिक्षक सोरिग डा. तेंजींग धर्के गुरुङ्ग (गुगे) ज्यु ले यो पद्दति शारीरिक उपचार मात्र नभई मानशिक उपचार पनि यसको मुख्य क्षेत्र रहेको बताउनु भयो। यो पद्दति को बारेमा तालिमहरु संचालन गर्न सकेमा स्थानिय स्तरमै उपलब्ध प्राकृतिक जडिबुटिहरुको प्रयोग गरि विभिन्न रोगहरुको उपचार गर्न सकिने र व्यवसायिक रुपमा उत्पादन गरि आर्थिक लाभ समेत लिन सकिने कुरामा जोड दिनुभयो। हाल लाई यो १५ दिने तालिम प्राथमिक तालिम मात्र भएको र निकट भविष्यमा यसलाई थप परिस्कृत गर्नका लागि पुर्ण कक्षा (Advance Course ) को संचालन तर्फ समिति अगाडि बढेको विषयमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक दुवैले थप प्रष्ट पार्नुभयो।

कार्यक्रम मा विभिन्न बौद्ध सम्प्रदाय अन्तर्गत का गुम्बाहरुबाट प्रशिक्षार्थीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ।