आनीहरूलाई सामाजिक गतिविधिमा सहभागी बनाउन गोष्ठी सम्पन्न

2023-03-09 07:03:49

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने उद्देश्यका साथ आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सम्पन्न भएको हो ।
समापनको क्रममा सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक उर्जाशील प्रेरणामा थपेको सहभागी आनी थुप्तेन ल्हामुले बताएकी छिन् । यस्ता प्रशिक्षणहरुले आनीहरुको सवालजवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग पुर्‍याएको आनी फुन्जोक ल्हामुले बताएकी छिन् ।


सो गोष्ठीमा सहभागी आचार्य पेमा रिन्छेनले अध्ययन र सिकेका ज्ञानगुनका कुराहरु सबैसामु खुलस्त भन्न सक्ने क्षमताको विकास गरेकोमा समितिप्रति खुसी व्यक्त गरिन् । समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले मन्त्रालयको कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरु बीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् ।
यसैगरी, कार्यकारी निर्देशक दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पु¥याउनु आजको आवश्यकता रहेको बताए । उनले इशापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले आङ्खनी छोरीमार्फत धर्म प्रचार प्रसार गरेको स्मरण गराउँदै बौद्ध धर्मलाई सबैसम्म पुर्‍याउनु पर्ने बताए ।


कार्यक्रममा १३ वटा गुम्बाका आनीहरूको सहभागिता रहेको कार्यकारी निर्देशक दोङले जानकारी गराए । गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित बिषयमा क्रमशः रूपेश श्रेष्ठ, आचार्य नुर्बु शेर्पा, पूण्यप्रसाद पराजुली र आनी छोइङ डोल्माले प्रशिक्षण थिएका थिए ।


शनिबार भएको उद्घाटन समारोहमा बोल्दै समितिका अध्यक्ष पुपू छेम्बे शेर्पाले बौद्ध धर्मले शान्तिको मार्ग लिएकाले यसको अनुसरण गर्नु पर्ने बताएका थिए । सिकेका सबै कुरा व्यवहारमा उतार्नका लागि पनि गोष्ठीमा सहभागीहरूलाई उनले आग्रह गरे । महिला सशक्तीकरणका लागि पनि आनीहरू अग्रसर हुनु पर्ने र सोही अनुसार आफूलाई तयारी अवस्थामा राख्नुपर्ने सुझाएका छन् । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो