एक महिने "मुर्ति निर्माण तालिम"

2023-03-09 06:54:30

संस्कृति पर्यटन तथा नागरिक ऊड्ड्ययन मन्त्रालय, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा बिकास समिति द्दारा आयोजित एक महिने "मुर्ति निर्माण तालिम" कार्यक्रम फाल्गुन १० गते बाट राजधानी को स्वयम्भु मा शुरु भएको छ।  उक्त तालिम को उद्घाटन गर्दै समिति का अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिग्ड्रोल) ज्यु ले मुर्ति निर्माण तालिम ले बौद्ध धर्शन र कला को संरक्षण मा महत्वपुर्ण भूमिका गर्ने बताउनु भयो। कुनै पनि मुर्ति का  बारेमा पूर्ण अध्ययन अनुशन्धान नगरी मुर्ति बनाउँदा त्यसले भविष्यमा धार्मिक तथा सांस्कृतिक बिचलन ल्याउन सक्ने तर्फ सचेत हुन समिति का अध्यक्ष ज्यु ले आग्रह गर्नुभयो।


कार्यक्रम मा बोल्दै समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ्ग ज्यु ले प्राचिन कालदेखि नेपाल मूर्तिकला को लागि प्रख्यात ठाउँ रहेको र यो मुर्ति निर्माण तालिमले आगामी दिनमा नेपालको मूर्तिकला सम्बन्धि इतिहास लाइ जीवित राख्नमा टेवा पुग्ने बताउनु भयो।
तालिममा देश भरका गुम्बाहरु बाट प्रतिनिधिमुलक सहभागिता रहेको छ।